३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा फरार रहेका बलरा नगरपालिका–४ का ४० वर्षीय नविन कुमार यादव, ३७ वर्षीय पप्पु राय, ४२ वर्षीय प्रमोद राय र ३६ वर्षीय महेश सहनीविरुद्ध को मुद्दा जेठ ४ गते मुल्तबीमा राख्ने फैसला भएको छ ।
जिल्ला अदालतमा २०७९ वैशाख ११ गते दायर भएको मुद्दा जिल्ला न्यायाधिश कविप्रसाद न्यौपानेको इजलासले मुल्तबीमा राख्ने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार विश्वनाथ आर्यालले बताउनुभयो ।
पीडित महिलालाई आरोपितहरूले २०७८ चैत १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा २०७९ वैशाख २ गते उजुरी दिएको थियो । जिल्ला प्रहरी कार्यालयले २०७९ वैशाख ६ गते उजुरी दर्ता गरेको थियो । घटना पश्चात आरोपितहरू फरार रहेको इलाका प्रहरी कार्यालयका सई रामप्रवेश यादवले जानकारी दिनुभयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण ०७९ वैशाख ७ गते जिल्ला अस्पताल मलङ्गवामा भएको थियो ।