INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाको मुद्दा मुल्तबीमा

३७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कौडेना गाउँपालिका–२ का ४२ वर्षीय बिष्णु कुमार यादवविरुद्ध को मुद्दामा सर्लाही जिल्ला अदालतले चैत २२ गते मुल्तबीमा राख्ने फैसला गरेको छ ।

जिल्ला अदालतमा २०७८ फागुन १६ गते दायर भएको मुद्दामा जिल्ला न्यायाधिश कपिलमणी गौतमको इजलासले मुल्तबीमा राख्ने फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार विश्वनाथ आर्यालले जानकारी दिनुभयो ।

पीडित महिलालाई आरोपितले ०७८ माघ २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा फागुन ५ गते उजुरी दिएको थियो ।

जिल्ला प्रहरी कार्यालयले ०७८ फागुन ८ गते उजुरी दर्ता गरेको थियो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण ०७८ फागुन ८ गते जिल्ला अस्पताल मलङ्गवामा गरिएको थियो ।

आरोपित यादव हालसम्म पक्राउ नपरेको जिल्ला अदालतको श्रेस्तेदार अर्यालले जानकारी दिनुभयो ।

अन्य

भिडियो