INSEC Online

📅 २०८३ जेष्ठ २१

थाम्बुचेत स्वास्थ्य संस्थामा औषधि अभाव

आमाछोदिङमो गाउँपालिका–५ मा रहेको थाम्बुचेत स्वास्थ्य चौकीमा औषधि अभाव भएपछि बिरामीले सहज उपचार पाउन सकेका छैनन् ।

स्वास्थ्य सेवा लिन आउने अधिकांश बिरामी ज्वरो, झाडापखला, पेट दुख्ने, स्वास्सप्रस्वास, जीउदुख्ने, छाती दुख्ने समस्या लिएर आउने गरेका भए पनि सबै प्रकारका औषधि नहुँदा सेवाग्राहीले सहज निःशुल्क औषधि पाउन नसकेको स्वास्थ्य चौकीले जनाएको छ ।

बिरामी भएर स्वास्थ्य चौकीमा पुग्दा औषधि सकिएको भन्दै स्वास्थ्यकर्मीले फिर्ता पठाउने गरेको स्थानीय सीमा तामाङले बताउनुभयो ।

आमाछोदिङमो गाउँपालिकामा चार ओटा स्वास्थ्य चौकी र दुई ओटा सामुदायिक स्वास्थ्य इकाई रहेको छन् ।

थाम्बुचेत स्वास्थ्य संस्थामा सिटामोटल अभाव भएको अहेव शम्भु पण्डितले बताउनुभयो । केही सामान्य औषधि अभाव भएको हो । गाउँपालिका स्वास्थ्य शाखामा  फारम भरेर माग गरेको उहाँले बताउनुभयो ।

स्वास्थ्य संस्थामा जाँदा कान दुखेको औषधि नपाएको स्थानीय सेते तामाङले बताउनुभयो ।

सरकारले स्वास्थ्य संस्थाबाट ३५ प्रकारका औषधि निःशुल्क प्रदान गर्ने भने पनि गाउँमा औषधि अभाव भएपछि सेवाग्राही मर्कामा परेका छन् ।

नजिकै सामान्य औषधि पाउने ठाउँ पनि छैन दुई दिन लगाएर जिल्ला सदरमुकाम धुन्चे वा स्याफ्रुबेशी पुग्नुपर्ने बाध्यता रहेको सेवाग्रही अनुज लामाको गुनासो छ ।

एक सातादेखि थरी औषधिहरू सकिएकोले थाम्बुचेत स्वास्थ्य चौकीबाट गाउँपालिकामा माग भएको आमाछाृदिङमो गाउँपालिका स्वास्थ्य शाखा प्रमुख निमा तामाङले बताउनुभयो ।

उहाँका अनुसार सरकारले निःशुल्क प्रदान गर्ने केही अत्यावश्यक औषधिहरू अभावको हुन नदिन गाउँपालिका लागिपरेको बताउनुभयो ।

नयाँ आर्थिक वर्षको लागि टेण्डर गर्नुपर्ने भएकोले केही संस्थामा थोरै औषधि अभाव भएको तामाङले बताउनुभयो ।

अन्य

भिडियो