INSEC Online

📅 २०८३ जेष्ठ २१

निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन आयोगले विभिन्न निर्देशिका तथा आचारसंहिताहरू जारी गर्ने तथा नीतिहरू तय गर्ने गर्दछ । लोकतन्त्रको प्राणका रूपमा आवधिक निर्वाचनलाई लिइन्छ । लोकतन्त्र भनेको सार्वभौमसत्ता सम्पन्न जनताको शासन हो । नेपाली नागरिक विधिबाट शासक हुने र विधिको शासन कायम गर्ने राजनीतिक प्रणाली लोकतन्त्र हो । तसर्थ लोकतन्त्रमा आवधिक निर्वाचन अपरिहार्य हुने हो । निर्वाचनमा मतदान गर्ने जनताको सार्वभौम र मौलिक अधिकार हो । स्वच्छ विश्वसनीय, मर्यादित र धाँधलीरहित निर्वाचन भएको खण्डमा मात्रै जनताले सही प्रतिनिधिहरूको छनौट गर्न सक्दछन् । निष्पक्ष निर्वाचनले मात्रै लोकतान्त्रिक पद्धतिको सुदृढिकरण र विकासमा समेत टेवा पु¥याउँछ । स्थानीय तह निर्वाचन, २०७९ अनुगमन प्रतिवेदनमा उम्मेदवारी दर्ताको दिन (२०७९ वैशाख ११ गते) भन्दा अघिको अवस्थालाई समेटिएको छ ।

editor

Related Articles