१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पाल्पा जिल्ला घर भई चन्द्रागिरी नगरपालिका–८ मातातिर्थ बस्दै आएका २७ वर्षीय महेश उदासलाई प्रहरीले ०७९ वैशाख ५ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई विभिन्न प्रलोभनमा परेर विवाह गर्ने भन्दै ०७८ चैत २९ गते पाल्पाबाट मोटरसाईकालमा राखेर काठमाडौँ ल्याई टोखा नगरपालिका–६ बसुन्धरास्थित एक घरमा बलात्कार गरेको भन्दै आरोपितविरुद्ध पीडितका आफन्तले वैशाख ५ गते महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा उजुरी दिएका थिए ।
पीडितका आफन्तको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेर जिल्ला अदालतबाट वैशाख ६ गते १० दिनको म्याद थप गरी हिरासतमा राखि अनुसन्धान थालिएको कालिमाटीस्थित महिला बालबालिका तथा जेष्ठ नागरिक सेलकी प्रमुख प्रविना गिरीले बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख ५ गते थापाथलीस्थित प्रसुति गृहमा गरियो ।