INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पाल्पा जिल्ला घर भई चन्द्रागिरी नगरपालिका–८ मातातिर्थ बस्दै आएका  २७ वर्षीय महेश उदासलाई प्रहरीले ०७९ वैशाख ५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई विभिन्न प्रलोभनमा परेर विवाह गर्ने भन्दै ०७८ चैत २९ गते पाल्पाबाट मोटरसाईकालमा राखेर  काठमाडौँ ल्याई टोखा नगरपालिका–६ बसुन्धरास्थित एक घरमा बलात्कार गरेको भन्दै आरोपितविरुद्ध पीडितका आफन्तले वैशाख ५ गते महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा उजुरी दिएका थिए   ।

पीडितका आफन्तको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेर  जिल्ला अदालतबाट वैशाख ६ गते  १० दिनको म्याद थप गरी हिरासतमा राखि अनुसन्धान थालिएको कालिमाटीस्थित  महिला बालबालिका तथा जेष्ठ नागरिक सेलकी प्रमुख प्रविना गिरीले बताउनुभयो   ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख ५ गते थापाथलीस्थित प्रसुति गृहमा  गरियो ।

अन्य

भिडियो