INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले डडेल्धुरा जिल्ला दशरथचन्द नगरपलिका–५ का २१ वर्षीय रघुविर ठकुराठीलाई १० वर्ष कैद सजायको फैसला गरेको छ ।

पुस ६ गते जिल्ला अदालतका न्यायधीश जयानन्द पनेरुको इजलासले १० वर्ष कैद सजाय र पीडितलाई  ५० हजार रूपियाँ क्षतिपुर्ति भराउने फैसला गरेको जिल्ला अदालतका श्रेष्तेदार राइभान  कुञ्जेडाले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

पीडितलाई २०७६ फागुन २६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध चैत २ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिएका थिए ।

प्रहरीले सरकारी वकिल कार्यालयमार्फत २०७६ चैत ३ गते जिल्ला अदालतमा जवजस्तीकरणी अन्तर्गत मुद्दा दर्ता गरेकोमा २०७७ वैशाख २९ गते जिल्ला अदालतको थुनछेक वहसपछि आरोपितलाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण चैत २ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।

यसैगरी १८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले गौरीगंगा नगरपलिका–४ खुरखुरियाका २४ वर्षीय नरेश भट्टलाई ७ वर्ष कैद सजायको फैसला गरेको छ ।

पुस ६ गते जिल्ला अदालतका न्यायधीश खेमराज भट्टको इजलासले ७ वर्ष कैद सजाय फैसला गरेको जिल्ला अदालतका श्रेष्तेदार राइभान कुञ्जेडाले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

पीडितलाई २०७७ वैशाख १ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध वैशाख १ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिएका थिए ।

प्रहरीले सरकारी वकिल कार्यालयमार्फत २०७७ वैशाख २ गते जिल्ला अदालतमा जवजस्तीकरणी अन्तर्गत मुद्दा दर्ता गरेकोमा २०७७ वैशाख २९ गते जिल्ला अदालतको थुनछेक वहसपछि आरोपितलाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख २ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।

यसैगरी १३ वर्षीया बालिकालाई यौनदुव्र्यवहार गरेको कसुरमा जिल्ला अदालतले गोदावरी  नगरपलिका–२ का २८ वर्षीय मोहन थापालाई ६ महिना कैद सजायको फैसला गरेको छ ।

पुस ६ गते जिल्ला अदालतका न्यायधीश खेमराज भट्टको इजलासले ७ वर्ष कैद सजाय र पीडितलाई ५ हजार रुपियाँ क्षतिपुर्ति भराउने फैसला गरेको जिल्ला अदालतका श्रेष्तेदार राइभान कुञ्जेडाले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

पीडितलाई २०७८ असार २९ गते यौनदुव्र्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध असार ३० गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिएका थिए ।

प्रहरीले सरकारी वकिल कार्यालयमार्फत २०७८ असार ३१ गते जिल्ला अदालतमा यौनदुव्र्यवहार अन्तर्गत मुद्दा दर्ता गरेकोमा २०७८ साउन २० गते जिल्ला अदालतको थुनछेक वहसपछि आरोपितलाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण असार ३० गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।

अन्य

भिडियो