२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालतले बाहृदशी गाउँपालिका–५ का ४३ वर्षीय होमनाथ रार्ईलाई तीन वर्ष कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश नारायणप्रसाद पराजुलीको वैशाख ६ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैदसँगै २५ हजार रुपियाँ पीडितले पाउने गरी कसुरदारबाट भराउन आदेश भएको अदालतका श्रेस्तेदार मदनप्रसाद पराजुलीले बताउनु भयो ।
पीडित महिलालाई आरोपितले ०७७ भदौ ९ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ ११ गते इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दिएको थियो ।
आरोपितलाई प्रहरीले भदौ ११ गते गिरफ्तार गरी जिल्ला अदालतमा असोज ३ गते बलात्कार प्रयास शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।
जिल्ला अदालतको असोज ४ गतेको आदेशमा आरोपित पुर्पक्षका लाथि थुनामा थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची अस्पतालमा भदौ ११ गते गरिएको थियो ।