INSEC Online

📅 २०८३ जेष्ठ २१

महिला तथा बालिकाविरुद्ध भएका हिंसासम्बन्धी घटनाको अध्ययन प्रतिवेदन
(नोभेम्बर २५ देखि डिसेम्बर १०, २०२०)
‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति, समाज र सबैको ऐक्यबद्धता’ भन्ने नाराका साथ यो वर्षको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गरियो । २०५४ सालबाट नेपालमा हरेक वर्ष मनाउँदै आइएको यस अभियानको मुख्य उद्धेश्य भनेकै लिङ्गका आधारमा हुने हिंसाको न्यूनीकरणका लागि सचेतना अभिबृद्धि गर्नु नै हो । सरकारी तथा गैरसरकारी क्षेत्रबाट हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विविध कार्यक्रमहरूको आयोजना गरी अभियान सञ्चालन गरिएको हो । नेपालको संविधान २०७२ को धारा ३८ को उपधारा ३० ले महिलाविरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमका हिंसाजन्य कार्य वा शोषण गर्न नपाइने कुरा उल्लेख गरेको छ । महिलामाथि हुने घरेलु हिंसा (नियन्त्रण र कसुर) सजाय ऐन २०६६  जारी भई लागु भएको छ । लिङ्गका आधारमा महिला तथा बालिकामाथि हुने हिंसा र हत्याका घटनामा बृद्धि हुँदै आएको विभिन्न तथ्याङ्कले देखाएका छन् ।

editor

Related Articles