INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटना आरोपित विरुद्ध उजुरी

३४ वर्षीया महिलालाई बलात्कार गरेको अरोपमा प्रहरीले कृष्णनगर नपा–२ स्थित प्युठाने होटल सञ्चालक ४२ वर्षीय गुञ्जबहादुर पाण्डे विरुद्ध कात्तिक १९ गते उजुरी दर्ता गरेको छ ।

पीडितलाई आरोपितले ०७६ पुस १५ गते बलात्कार गरेको भन्दै पीडितले कात्तिक १३ गते  इलाका प्रहरी कार्यालय कृष्णनगरमा उजुरी दिनु भएको थियो ।

घटना लगत्तै फरार रहेका आरोपितको खोजी भइरहेको इलाका प्रहरी कार्यालय, कृष्णनगरका इन्स्पेक्टर शुकदेब पौडेलले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण कात्तिक १३ गते शिवराज अस्पत्ताल, बहादुरगञ्जमा गरिएको छ ।

अन्य

भिडियो