डिसेम्बर २०१९ बाट सङ्क्रमणको वारेमा चिकित्सा क्षेत्र जानकार भएपनि जनवरी १०, २०२० मा चीनको वुहानमा सबैभन्दा पहिलो घटना अभिलेखित कोरोना भाइरसको महामारी विश्वभरी फैलँदो अवस्थामा छ । अहिले विश्वमा ८ लाख ७५ हजारको हाराहारीमा मानिस पीडित भएका छन् । ४३ हजारभन्दा बढीको ज्यान गइसकेको छ । संयुक्त राष्ट्र सङ्घ र विश्व स्वास्थ्य सङ्गठनबाट महामारीको रूपमा घोषित कोरोना भाइरसबाट उत्पन्न आम मानवको जीवमा देखिएको जोखिमताका कारण सिङ्गो जनस्वास्थ्यका हिसाबले विश्व समूदाय इतिहासकै सर्वाधिक कठिन मोडमा आइपुगेको छ ।