गोदावारी नगरपालिका–१, गोदामचौरस्थित नहरे मूलपानी बस्ने ४१ वर्षीया सुनामाया वाईवाको हत्या गरेको आरोपमा प्रहरीले ४५ वर्षीय पति जयबहादुर वाईवालाई वैशाख १० गते गिरफ्तार गरेको छ ।
सिन्धुली जिल्ला कपिलाकोट गाउँपालिका–७, लहरे घर भएका वाईवा परिवार हरिसिद्धिस्थित दक्षिणकाली इँटा भट्टाले सञ्चालन गर्दै आएको गोदामचौरस्थित नहरे मूलपानीस्थित खेतमा काँचो इँटा बनाउने र त्यहीँको टहरोमा बस्दै आएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी गौतम मिश्रले बताए ।
सुनामायालाई वैशाख १० गते बिहान साढे ५ बजे हथौडाले हिर्काएर भुँइमा ढलाइ खुर्पा प्रहार गरी बिभत्स हत्या गरेको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टम वैशाख १० गते नै पाटन अस्पतालमा गरिएको छ ।