मिर्चेया नगरपालिका–७ का ५० वर्षीय दिपक अग्रवाललाई सिक्रिमा बाधेर अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले पत्नी ४६ वर्षीया रमिता महरा र सालो ३५ वर्षीय रम्भु महरालाई ०८३ असार २७ गते गिरफ्तार गरेका छ ।
घरायसी विवादका कारण आफुलाई खुट्टामा सिक्रिले बाधेर असार २५ गतेदेखि यातना दिएको पीडितले आरोप लगाएका छन् । आरोपितहरुविरुद्ध पीडितले असार २९ गते इलाका प्रहरी कार्यालय मिर्चैयामा उजुरी दिए । घटना सम्बन्धमा अनुसन्धान गरी कानुनी प्रक्रिया अगाडी बढाएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी पुरुषोतम पाण्डेले बताउनु भएको छ ।