INSEC Online

📅 २०८३ असार २८

हत्या घटनाका आरोपित गिरफ्तार

नगराइन नगरपालिका–७ बिर्ता टोलकी २७ वर्षीया सुशीला कुमारी दासको ०८३ असार २५ गते हत्या गरेको आरोपमा प्रहरीले पति ३५ वर्षीय मातृका दासलाई असार २६ गते गिरफ्तार गरेको छ ।

आरोपितले सुशीलालाई कुटपिट गरी हत्या गरी शव पङ्खामा झुण्ड्याई आत्महत्या गरेको भन्दै पति मातृका, ५० वर्षीय ससुरा रामसरोज दास, ४८ वर्षीया सासु सरस्वती देवी दास, २८ वर्षीया जेठानी मिना देवी दास र २५ वर्षीया रजनीकुमारी महराविरुद्ध मृतककी आमा बिन्देशरी देवीले असार २७ गते जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिनु भयो ।

मृतकका पति मातृका र रजनीकुमारीबिच अनैतिक सम्बन्ध रहेको र सोही कारण सम्बन्ध विच्छेद गर्नका लागि छोरीलाई मानसिक तथा शारीरिक यातना दिने गरेको माइती पक्षले आरोप लगाएका छन् । अन्य आरोपित फरार रहेकाले खोजतलास भइरहेको र घटनाबारे थप अनुसन्धान गरिरहेको डीएसपी मधुसुधन न्यौपानेले जानकारी दिनुभयो। शवको पोस्टमार्टम  असार २७ गते प्रादेशिक अस्पताल जनकपुरधाममा गरिएको छ।

सन्तोष कुमार यादव

अन्य

भिडियो