सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उमनपाका १७ वर्षीय बालकलाई १२ वर्ष ६ महिना कैद गर्ने फैसला गरेको छ ।
जिल्ला न्यायाधिस प्रकाश प्रसाद पण्डितको इजलासले असार २६ गते कसुर ठहर गर्दै २५ वर्ष कैद गरेकोमा नाबालक भएकाले त्यसका आधा १२ वर्ष ६ महिना कैद गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार भुपाल भण्डारीले जानकारी दिनुभयो । अदालतले २५ हजार क्षतिपूर्ति ७ लाख जरिवाना र जरिवानाको ४ प्रतिशत रकम पीडित राहत कोषमा जम्मा गरी जरिवाना वापतको रकम समेत पीडितलाई उपलव्ध गराउने फैसला गरेको छ ।
बालकले ०८२ वैशाख २७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख २९ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए । वैशाख २९ गते नै पीडितको स्वास्थ्य परिक्षण गरिएको थियो ।