ग्रामथान गाउँपालिका–६ झोवावनीकी २० वर्षीया सीमा राजवंशीको हत्या गरेको आरोपमा प्रहरीले २१ वर्षीय शौचन राजवंशीलाई असार २२ गते गिरफ्तार गरेको छ ।
घरायसी विवादका क्रममा ०८३ असार २२ गते खुकुरी प्रहार गरी भाउजुको हत्या गरेको आरोपमा २१ वर्षीय देवर शौचनलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष श्रेष्ठले बताउनु भयो ।
घरायसी विवादका क्रममा भाउजुमाथि खुकुरी प्रहार गरेपछि छुट्याउन गएका शौचनले ५६ वर्षीय ठूलो बुबा शिवलाल सवासलाई समेत खुकुरी प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।
आरोपितले भाउजुमाथि खुकुरी प्रहार गरेपछि छुट्याउन गएका ठूलो बुबामाथि समेत खुकुरी प्रहार गरी घाइते बनाएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको इलाका प्रहरी कार्यालय, बेलबारीका इन्स्पेक्टर राजीव गिरीले बताउनु भयो । घाइतेको स्थानीय मेडिकलमा उपचार भएको छ । मृतकका पति कपिल चौधरी भने काठमाण्डौँमा बस्दै आएको प्रहरीले जनाएको छ ।
शव पोष्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको छ ।