२० वर्षीया युवतीको ०८३ वैशाख ८ गते तस्बिर दुरुपयोग गरेर सामाजिक सञ्जालमा सार्वजनिक गरी चरित्र हत्या गरेको आरोपमा प्रहरीले औरही गाउँपालिका–४ का २८ वर्षीय सरोज कापरलाई असार १५ गते गिरफ्तार गरेको छ।
सामाजिक प्रतिष्ठा र मानसिक अवस्थामा गम्भीर असर परेको भन्दै सरोज कापरविरुद्ध पीडितले वैशाख १० गते इलाका प्रहरी कार्यालयमा औरहीमा उजुरी दिएकी थिइन्। घटनासम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी जवान लखेन्द्र शाहले बताउनुभयो ।