INSEC Online

📅 २०८३ असार १२

हत्या घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया आरती देवी यादवको हत्या गरेको आरोपमा फतुवा विजयपुर नगरपालिका–६ पट्भर्वा टोल बस्ने ४२ वर्षीय महन्त राय यादवलाई प्रहरीले ०८३ असार १० गतेका दिन गिरफ्तार गरेको छ।

आरोपितले पत्नीलाई ०८२ फागुन ३ गते दाइजोको निहुँमा कुटपिट गरी बन्चरो प्रहार गरेर हत्या गरेका थिए। माइती पक्षले महन्तविरुद्ध फागुन ५ गते जिल्ला प्रहरी कार्यालय गौरमा उजुरी दिए । शवको पोस्टमार्टम फागुन ५ गते प्रादेशिक अस्पताल गौरमा भयो ।

गौरी न्यौपाने

अन्य

भिडियो