नवयुवा पुस्ताको आन्दोलनका क्रममा रामधुनी नगरपालिका–५ स्थित क्षेत्रीय कारागार कार्यालय, झुम्काबाट फरार भएका एक जना कैदीलाई प्रहरीले गिरफ्तार गरेको छ ।
इटहरी उपमहानगरपालिका–८ का २३ वर्षीय भीम विश्वास चौधरीलाई प्रहरीले लागू औषधसहित असार ९ गते इटहरी नगरपालिका–४ बाट गिरफ्तार गरेको हो ।
इटहरी मेडिकल छेउमा लागु औषध बेचिरहेको अवस्थामा चौधरीलाई अनुसन्धानका लागि ०८३ असार ९ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी चन्द्रबहादुर खड्काले बताउनु भयो ।
चोरी मुद्दामा कारागारमा कैद भुक्तान गरिरहेको अवस्थामा चौधरी झुम्का कारागारबाट ०८२ भदौ २४ गते फरार भएका थिए ।