INSEC Online

कर्मचारीमाथि कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

कविलासी नगरपालिका–१० सलेमपुर वडा कार्यालयमा कार्यरत सचिव ३४ वर्षीय रोशन कुमार महतोलाई ०८३ जेठ १८ गते कुटपिट गरेको आरोपमा सोही वडाका ३८ वर्षीय राकेश कुमार यादव र ४२ वर्षीय विवेक कुमार यादवविरुद्ध पीडितले जेठ २७ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनुभएको छ ।

वन कार्यालय सागरनाथबाट दाउरा लिन सिफारिसका लागि वडा कार्यालयमा आएका आरोपितहरुसँग आवश्यक कागजात अपुग भएको विषयमा विवाद भएपछि उनीहरुले दुर्व्यवहार गर्नुका साथै कुटपिट समेत गरेको पीडितले आरोप लगाउनु भएको छ ।

घटना सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

बुधन साह

अन्य

भिडियो