INSEC Online

बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक गिरफ्तार

काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–५ स्थित अन्तर्राष्ट्रिय कृष्ण भावना मृत सङ्घ (इस्कोन) मा बालबालिकामाथि शारीरिक र मानसिक दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुरजकृष्ण श्रेष्ठलाई जेठ ३१ गते गिरफ्तार गरेको छ । बालबालिकासम्बन्धी कसुरमा अनुसन्धानका लागि श्रेष्ठलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । .

इस्कोनमा भएको दुर्व्यवहारबारे पीडित र जानकारहरूले सामाजिक सञ्जालबाट घटना विवरण सार्वजनिक गरेका थिए । सामाजिक सञ्जालमा घटना विवरण सार्वजनिक भएपछि भारतबाट अनुगमन गर्न एक टोली नेपाल आएको थियो । गिरफ्तार परेका श्रेष्ठमाछि बालबालिका सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ । आफूमाथि दुर्व्यवहार भएको भन्दै बालबालिकाले उजुरी दिएपछि उनलाई गिरफ्तार गरिएको हो ।

बागमती प्रदेश कार्यालय

अन्य

भिडियो