मलंगवा नगरपालिका–३ वडा कार्यालयमा करार सेवामा कार्यरत सहायक सचिव २८ वर्षीय मुकेश कुमार यादवलाई ०८३ जेठ ४ गते कुटपिट गरेको आरोपमा मलंगवा नगरपालिका–३ का ३३ वर्षीय रंजित कुमार चौधरीविरुद्ध पीडितले जेठ ८ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिएका छन् । आरोपित यादवले आफ्नो काम नगरिएको विषयमा दुर्व्यवहार गरी र कुटपिट गरेको पीडितले आरोप लगाउनु भएको छ । घटना सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी सरोज राईले जानकारी दिनु भयो । पीडितको उपचार जेठ ८ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।
मधेस प्रदेशका १६ प्रतिशत बालबालिकामा कुपोषण
मधेस प्रदेशका १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको छ ।