नवयुवा पुस्ताको प्रदर्शनका क्रममा ०८२ भदौ २४ गते झुम्का कारागारबाट फरार भएका एक जना कैदीलाई प्रहरीले ०८३ जेठ २ गते गिरफ्तार गरेको छ ।
बलात्कार मुद्दामा रामधुनी नगरपालिका–५ स्थित क्षेत्रीय कारागार कार्यालय, झुम्कामा कैद भुक्तान गरिरहेको अवस्थामा फरार भएका धरान उपमहानगरपालिका–१७ का ३७ वर्षीय प्रकाश दमाईलाई जेठ २ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी चन्द्रबहादुर खड्काले बताउनु भयो ।
दमाइलाई धरान उपमहानगरपालिका–१७ पटनाली क्षेत्रबाट गिरफ्तार गरिएको डिएसपी खड्काले बताउनु भयो ।
जिल्ला अदालतले ०७९ पुस ५ गते १० वर्ष कैद, २ लाख रुपियाँ जरिवाना, १ लाख रुपियाँ पीडित क्षतिपूर्ति तथा १२ हजार रुपियाँ पीडित राहत कोषमा बुझाउनुपर्ने फैसला गरेको थियो ।
अदालतको फैसलापछि कारागारमा कैद भुक्तान गरिहरेको अवस्थामा दमाई नवयुवा पुस्ताको प्रर्दशनको मौकामा ०८२ भदौ २४ गते कारागारबाट फरार भएका थिए ।