INSEC Online

📅 २०८३ जेष्ठ २१

भद्रबन्दी गृहबाट फरार कैदी गिरफ्तार

नवयुवा पुस्ताले ०८२ भदौ २४ गते गरेको प्रदर्शनका क्रममा भद्रबन्दी गृहबाट फरार भएका खोटाङ घर भइ काभ्रे जिल्ला पाँचखाल नगरपालिका–७ बस्ने ४३ वर्षीय धिरज भन्ने मोतिधन राईलाई ०८३ वैशाख २२ गते प्रहरीले गिरफ्तार गरेको छ ।

फरार रहेका राईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काभ्रे पाँचखाल नगरपालिका–७ शिखरपुरबाट पक्राउ गरेको हो ।

जिल्ला अदालत काठमाडौंको ०७६ असोज १ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय ठहर भई कैद भुक्तानको लागि केन्द्रीय कारागार भद्रबन्दी गृह, सुन्धारामा रहेकोका थिए।

उनलाई आवश्यक कारबाहीको लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा पठाइएको प्रहरीले जनाएको छ ।

बागमती प्रदेश कार्यालय

अन्य

भिडियो