INSEC Online

📅 २०८३ जेष्ठ २१

अपाङ्गता भएका व्यक्तिहरूको अधिकार संरक्षण सम्बन्धी ऐन बनाउन माग

अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण सम्बन्धी ऐन र नीति बनाउन अपाङ्ग महासङघ, कोशी प्रदशेले कोशी प्रदेश सरकारसँग माग गरेको छ ।

कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद महतोलाई ०८३ वैशाख २५ गते ज्ञापनपत्र बुझाउँदै अपाङ्ग महासङघ, कोशी प्रदेशले अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण सम्बन्धी ऐन र नीति बनाउन माग गरेको हो ।

अपाङ्गता भएका व्यक्तिहरूको अधिकार संरक्षणका लागि आगामी बजेटमा समेट्न विभिन्न ३७ बुँदे माग  पनि प्रदेश सकारलाई बुझाइएको छ । महासङघले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत ३७ बुँदे सुझावसहित ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा शिक्षा, स्वास्थ्य, रोजगारी, पुनःस्थापना, पहुँचयुक्त संरचना र सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्न आग्रह गरिएको छ ।

सार्वजनिक यातायातमा सहुलियत, निःशुल्क स्वास्थ्य उपचार, सहायक सामग्री, स्रोत कक्षा, छात्रवृत्ति, सीप विकास तथा स्वरोजगार कार्यक्रम विस्तार गर्न ज्ञापनपत्रमार्फत सरकारसँग माग गरिएको छ ।

अपाङ्ग महासङ्घ कोशी प्रदेशका अध्यक्ष नवीनचन्द्र ढुङ्गेलले अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न सबै मन्त्रालयले आवश्यक बजेट तथा कार्यक्रम समावेश गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएको बताउनु भएको छ ।

विनोद सुवेदी  

अन्य

भिडियो