INSEC Online

📅 २०८३ जेष्ठ २१

सुर्खेत कारागारका बन्दीको मृत्यु

दैलेख जिल्लाको नौमूले गाउँपालिका- ४ घर भई सुर्खेत कारागारमा रहेका बन्दी २२ वर्षीय लछुमन सुनारको ०८३ वैशाख २३ गते साँझ मृत्यु भएको छ ।

कारागारभित्र साँझ ६:४० बजे बेहोस भएका सुनारलाई कारागार प्रशासनले उपचारका लागि कर्णाली प्रदेश अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला कारागार सुर्खेतका निमित्त प्रशासक भुवन गौतमले बताउनु भयो । शव प्रदेश अस्पताल सुर्खेतमा राखिएको छ । परिवारजनले घटनाको सत्य तथ्य छानबिन हुनुपर्ने माग राखेका छन् ।

जाजरकोट र दैलेखको सिमानामा भएको हत्या घटनामा गिरफ्तार भएका सुनारलाई जिल्ला अदालत जाजरकोटको ०८२ मंसिर ७ गतेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । जाजरकोट कारागारमै रहेका सुनारलाई कारागारको नयाँ भवन बनाउने योजना अनुरुप पुस १५ गते सुर्खेत कारागारमा सारिएको थियो ।

कर्णाली प्रदेश कार्यालय

अन्य

भिडियो