INSEC Online

📅 २०८३ जेष्ठ २१

बाल सुधारगृहका एक बालक स्वास्थ्य परीक्षणका क्रममा फरार

विराटनगर महानगरपालिका-३ स्थित बाल सुधारगृहमा राखिएका १५ वर्षीय एक बालक स्वास्थ्य परीक्षणका क्रममा अस्पताल परिसरबाट फरार भएका छन्।

नियमित स्वास्थ्य परीक्षणका लागि ०८३ वैशाख १६ गते कोशी अस्पताल लगिएको अवस्थामा बालक फरार भएको सुधारगृह प्रशासनले जनाएको छ।

सप्तरी जिल्ला कल्याणपुर गाउँपालिका–१ घर भएका १५ वर्षीय बालक नियमित स्वास्थ्य परीक्षणपछि शौचालय गएका बेला  भेन्टिलेसनबाट फरार भएको प्रहरीले जनाएको छ ।

फरार बालकको खोजी थालिएको प्रहरीले जनाएको छ।

विनोद सुवेदी 

अन्य

भिडियो