INSEC Online

📅 २०८३ जेष्ठ २१

गर्भपतन गराउने क्रममा मृत्यु : उच्चस्तरीय छानविन समिति गठन

नेपाल मेडिकल काउन्सिलले बुटवलमा गर्भपतन गराउने क्रममा एक महिलाको मृत्यु भएको घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।

काउन्सिलले सम्राट पराजुलीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो । समितिमा स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा.डा. पदमराज पन्त, डा. राजेन्द्र बस्याल, डा. अनुप पन्थी, कानुन विज्ञ गोविन्द मरासिनी र नागरिक समाजका प्रतिनिधि दिनेश पाण्डे सदस्य रहेका छन् । टोलीलाई सम्बन्धित स्वास्थ्य संस्थामा स्थलगत अनुगमन गरी घटनाको वास्तविकता पत्ता लगाउन जिम्मेवारी दिइएको छ ।

काउन्सिलले जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीसँग समन्वय गरेर छानबिन प्रक्रिया अघि बढाइने जनाएको छ । दोषी भेटिएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने काउन्सिलले उल्लेख गरेको छ ।

पाल्पाकी २९ वर्षीया गीता पाण्डेको गर्भपतनका क्रममा मृत्यु भएको हो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले खत्री नर्सिङ होमका सञ्चालक डा. डिबी खत्री र इन्दुलेखा क्लिनिकका डा. सतिष रुपाखेतीसहित अन्य तीन जनालाई गिरफ्तार गरेको छ ।

प्रारम्भिक अनुसन्धानअनुसार विभिन्न स्वास्थ्य संस्थामा औषधीमार्फत गर्भपतन गराउने क्रममा स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई अस्पताल पुर्‍याइएको थियो, जहाँ चिकित्सकले मृत घोषणा गरेका थिए । परिवारले चिकित्सकीय लापरबाहीको आरोप लगाउँदै उजुरी दिएका थिए ।

रीमा बि.सी.

अन्य

भिडियो