INSEC Online

📅 २०८३ जेष्ठ २१

सिर्जना हत्या प्रकरणका थप दुई आरोपित गिरफ्तार

नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुर निवासी २२ वर्षीया सिर्जना बुढा हत्या प्रकरणमा प्रहरीले थप दुई जनालाई गिरफ्तार गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार घटनामा संलग्न रहेको आरोपमा ४७ वर्षीय झब्बर भन्ने रहमत अली ढपाली र एक २० वर्षीय युवकलाई चैत ३० गते नेपालगञ्ज उप–महानगरपालिका–१५ स्थित नेपाल–भारत सीमा क्षेत्र जमुनहाबाट गिरफ्तार गरिएको हो।

सिर्जना बुढा नेपालगञ्ज उपमहानगरपािलका–१२ कै २४ वर्षीय मो. आरिफ ढपालीसँग लिभिङ टुगेदरमा बस्दै आएकी थिइन्। उनलाई ०८२ चैत १५ गते राति हत्या गरी पहिचान मेटाउने उद्देश्यले शवमा आगो लगाएर कोरियनपुरस्थित सडकमा फालिएको भन्दै पीडित पक्षले सोही दिन प्रहरीमा उजुरी दिएको थियो।

यसअघि प्रहरीले मुख्य आरोपित मो. आरिफ ढपाली, उनकी ४६ वर्षीया आमा, २५ वर्षीया दिदीलाई चैत १५ गते तथा एक १० वर्षीया बालिकालाई चैत २४ गते गिरफ्गतार गरिसकेको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

ध्रुबराज शर्मा

अन्य

भिडियो