१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले दोषी ठहर गरेका धरान उपमहानगरपालिका–८ का ३७ वर्षीय विश्वजित चाम्लिङलाई प्रहरीले नौ वर्षपछि गिरफ्तार गरेको छ ।
बलात्कार मुद्दामा अदालतबाट दोषी ठहर भएपछि फरार भएका चाम्लिङलाई प्रहरीले ०८२ चैत २६ गते धरानबाट गिरफ्तार गरेको हो ।
१३ वर्षीया बालिकालाई ०७२ साउन ६ गते बलात्कार गरेको आरोपमा चाम्लिङविरूद्ध पीडित पक्षले साउन ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीलगत्तै फरार भएका आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालतमा ०७३ भदौ १६ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो । अदालतले कसुर गरेको ठहर गर्दै चाम्लिङलाई ११ वर्ष कैद सजायको फैसला गरेको थियो ।