३६ वर्षीया महिलालाई बलात्कार गरेको कसुर आरोपमा रामनगर गाउँपालिका–७ का ३९ वर्षीय अमित कुमार साहलाई सर्लाही जिल्ला अदालतले ०८२ चैत २४ गते सात वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश यामबहादुर बानियाको इजलासले आरोपितलाई कसुरदार ठहर गर्दै सात वर्ष कैद सजाय र ३० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति दिने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार ज्ञानबहादुर खत्रीले जानकारी दिनु भयो ।
आरोपितले महिलालाई ०८० फागुन १२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध ०८० चैत २५ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिएका थिए । पीडित महिलाको स्वास्थ्य परीक्षण सोही दिन सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको थियो ।