INSEC Online

📅 २०८३ जेष्ठ २१

एम्बुलेन्स चालकमाथि आक्रमण प्रयास तथा तोडफोड गरेको आरोपमा तीन जना गिरफ्तार

बिरामी बोकेर नेपालगञ्जतर्फ जाँदै गरेको एम्बुलेन्स चालकमाथि आक्रमण प्रयास तथा तोडफोड गरेको आरोपमा प्रहरीले ०८२ चैत ७ गते तीन जनालाई गिरफ्तार गरेको छ। प्रहरीले भेरीगंगा नगरपालिका–११ का २० वर्षीय प्रबिण गहतराज, साेही ठाउँका १८ वर्षीय विशाल विक र १९ वर्षीय विशाल विकलाई गिरफ्तार गरेको हो।

चैत ६ गते राति करिब १०:०७ बजे भेरीगंगा नगरपालिका–११ सादिखोलामा सल्यानबाट बिरामी लिएर हिँडेको एम्बुलेन्सलाई मदिरा सेवन गरेका पाँच/छ जनाको समूहले रोकेर चालकमाथि हातपात गर्ने प्रयास गरेकाे प्रहरीले जनाएको छ । उक्त एम्बुलेन्स सल्यान जिल्ला  कुमाख गाउँपालिका–३ का ३२ वर्षीय बसन्त शर्माले चलाइरहेका थिए।

घटनापछि चालक शर्माले इलाका प्रहरी कार्यालय छिन्चूमा जानकारी गराएलगत्तै प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। तर, प्रारम्भिक खोजतलासका क्रममा सो क्षेत्रमा संकास्पद व्यक्ति फेला नपरेपछि र एम्बुलेन्स चालक गन्तव्यतर्फ अघि बढेका थिए।

चैत ७ गते बिहान करिब ९ बजे चालक शर्माले एम्बुलेन्सको पछाडिको सिसा फुटेको जानकारी पुनः प्रहरीलाई दिएपछि अनुसन्धान तीव्र बनाइएको हो।

घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको र गिरफ्तारी परेकामाथि थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर दिपक मगराठीले जानकारी दिनुभयाे ।

कर्णाली प्रदेश कार्यालय

अन्य

भिडियो