INSEC Online

📅 २०८३ जेष्ठ २१

ज्येष्ठ नागरिकको हत्या

दोधाराचाँदनी नगपालिका–४ माननीय चोककी ७५ वर्षीया बिन्द्रा श्रेष्ठलाई ०८२ चैत ३ गते राति ५५ वर्षीय छोरा हरिप्रसाद श्रेष्ठले  धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् ।

आरोपितले धारिलो हतियार टाउकोमा  प्रहार गरी हत्या गरेको र ५० वर्षीया कान्छी बहिनी भगवती माँझीको टाउको र हातमा पनि हतियार प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका एसपी खडकबहादुर खत्रीले बताउनु भयो ।

पीडित पक्षले चैत ३ गते राति नै घटनाका बारेमा जानकारी गराएपछि प्रहरी टोली घटनास्थलमा पुगेको भए पनि आरोपित फरार रहेकाले खोजीकार्य भइरहेको एसपी खत्रीले बताउनु भयो ।

धारितो हतियार प्रहारबाट घाइते भएकी भगवतीको महाकाली प्रादेशिक अस्पताल, कञ्चनपुरमा उपचार भइरहेको र शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल, कञ्चनपुरमा ल्याउन तयारी भइरहेको छ ।

पुरानो जग्गाजमीनसम्बन्धी विवाद हुँदा आरोपितले घारिलो हतियार प्रहार गरी आमाको हत्या गरेको र बहिनालाई घाइते बनाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका एसपी खत्रीले बताउनु भयो ।

लिली कुँवर

अन्य

भिडियो