धरान उपमहानगरपालिका–५ देउरालीका ७२ वर्षीय ज्येष्ठ नागरिक सुरेन श्रेष्ठलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले धरान उपमहानगरपालिका–१५ का ३२ वर्षीय भरत विकलाई फागुन २७ गते गिरफ्तार गरेको छ ।
आपसी विवादका आरोपितले ज्येष्ठ नागरिक श्रेष्ठलाई ०८२ फागुन २६ गते कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका पीडितको उपचारका क्रममा सोही दिन वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, घोपामा मृत्यु भएको थियो ।
शवको पोष्टमार्टम फागुन २८ गते घोपामा गरी सोहीदिन पीडित पक्षले सेउतीमा सद्गत गरेको छ ।