INSEC Online

📅 २०८३ जेष्ठ २१

रौतहटमा उछृङ्खल गतिविधि गरेको आरोपमा ६ जन गिरफ्तार

मादक पदार्थ सेवन गरी उछृङ्खल तथा अराजक गतिविधि गरेको आरोपमा ६ जनालाई २०८२ फागुन २० गते  गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ । शान्ति–सुरक्षामा खलल पु¥याएको कारण ६ जनालाई विभिन्न स्यानबाट नियन्त्रणमा लिइएको छ । डिएसपी विष्णु प्रदीप बँस्यालका अनुसार होली पर्वको अवसर भएपनि निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै सञ्चालनमा रहेका विदेशी नम्बर प्लेटका ४० सवारी साधनसमेत नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।नियन्त्रणमा लिइएका व्यक्तिहरू तथा सवारी साधनमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको डिएसपी विष्णु बस्यालका बताउनु भयो ।

गौरी न्यौपाने

अन्य

भिडियो