INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

हरिहरपुरगढी गाउँपालिका–३ रानीपानीकी ४६ वर्षीया रिता राईलाई पति ४५ वर्षीय वीरबहादुर राईले बन्चरो प्रहार गरी ०८२ फागुन १७ गते हत्या गरेका छन् । पीडित महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिनु भयो । घटनाबारे जानकारी हुनासाथ प्रहरी सहायक निरीक्षक नरेशकुमार रायको नेतृत्वको टोलीले वीरबहादुरलाई गिरफ्तार गरेको र थप अनुसन्धान भइरहेको प्रहरी सहायक निरीक्षक रायले बताउनु भयो ।

 

बागमती प्रदेश कार्यालय

अन्य

भिडियो