INSEC Online

📅 २०८३ जेष्ठ २१

मोरङ कारागारका एक जना कैदीको उपचारका क्रममा मृत्यु

उर्लाबारी नगरपालिका–३ का ३७ वर्षीय सनम तामाङको उपचारका क्रममा मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।

विराटनगर महानगरपालिका–८ स्थित जिल्ला कारागार कार्यालय, मोरङमा सजाय भुक्तान गरिरहेका तामाङको उपचारका क्रममा ०८२ फागुन १३ गते मृत्यु भएको कारागार प्रशासक गौरव ढुङ्गेलले बताउनु भयो ।

श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि तामाङलाई उपचारका लागि फागुन १२ गते विराटनगरस्थित कोशी अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा तामाङको मृत्यु भएको प्रशासक ढुङ्गेलले बताउनु भयो । श्वासप्रश्वासका दीर्घरोगी तामाङले नियमित औषधि सेवन गर्दै आएको ढुङ्गेलले बताउनु भयो ।

जिल्ला अदालत, मोरङले लागु औषध म्ुद्दामा तामाङलाई ०८१ असोज १६ गते २ वर्ष ६ महिना कैद सजाय तोकेको थियो । अदालतको फैसलापछि सजाय भुक्तान गरिरहेका तामाङको उपचारका क्रममा मृत्यु भएको हो ।

कारागार प्रशासक ढुङ्गेलले तामाङको मृत्युको जानकारी पाउनसाथ आफन्त र परिवारका सदस्य सम्पर्कमा आएको बताउनु भयो ।

पीडित परिवारले फागुन १३ गते शव बुझेर र सोही दिन उर्लावारी नगरपालिका–४ स्थित वक्राहाघाटमा सद्गत गरेको छ ।

 

विनोद सुवेदी

अन्य

भिडियो