१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा कर्जन्हा नगरपािलका–२ बस्ने ४० वर्षीय संजित शर्मालाई ०८२ माघ ११ गते जिल्ला अदालतले १५ वर्ष कैद र ५ लाख ३५ हजार रुपियाँ जरिबानाको फैसला गरेको छ ।
आरोपितले बालिकालाई ०८१ साउन ७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा साउन १३ गते उजुरी दिएका थिए । बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन १३ गते भएको थियो । इलाका प्रहरी कार्यालय मिर्चैयाले आरोपितलाई साउन १३ गते गिरफ्तार गरेको जानकारी दियो । जिल्ला अदालत आरोपितलाई ०८१ भदौ ७ गते पुर्पक्षका लागि कारागार पठाएको थियो ।