INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १५ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा कर्जन्हा नगरपािलका–२ बस्ने ४० वर्षीय संजित शर्मालाई  ०८२ माघ ११ गते  जिल्ला अदालतले १५ वर्ष कैद र ५ लाख ३५ हजार रुपियाँ जरिबानाको फैसला गरेको छ ।

आरोपितले बालिकालाई ०८१ साउन ७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा साउन १३ गते उजुरी दिएका थिए । बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन १३ गते भएको थियो । इलाका प्रहरी कार्यालय मिर्चैयाले आरोपितलाई साउन १३ गते गिरफ्तार गरेको जानकारी दियो । जिल्ला अदालत आरोपितलाई ०८१ भदौ ७ गते पुर्पक्षका लागि कारागार पठाएको थियो ।

 दुर्गा परियार

अन्य

भिडियो