बारेकोट गाउँपालिका–८ का ३६ वर्षीय प्रचण्डदेव सिंहको गोली प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ०८२ पुस १४ गते पाँच जनालाई गिरफ्तार गरेको छ । बारेकोट गाउँपालिका–८ का ४५ वर्षीय इन्द्रबहादुर सिंह, सोही ठाउँका ५४ वर्षीय मीमबहादुर सिंह, २४ वर्षीय राजिव शाही, ४४ वर्षीय जनक कार्की, ३१ वर्षीय लालबहादुर सिंहलाई गिरफ्तार गरेको हो ।
बारेकोट गाउँपालिका–८ मिरिकोट खारा जङ्गलमा ०८२ पुस १३ गते मृतक प्रचण्डदेवसहित ६ जना सिकार खेल्न गएका बेला गोली लागेर मृत्यू भएको उजुरी आएपछि तीन थान भरुवा बन्दुकसहित पाँच जना आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्तकुमार शर्माले जानकारी दिनुभयो । शवको पोष्टमार्टम पुस १४ गते नगर अस्पताल दल्लीमा भयो । परिवारजनले शव बुझेर भेरियामापुस १५ गते सदगत् गरे ।