INSEC Online

📅 २०८३ जेष्ठ २१

अश्लिल भिडियो रेकर्ड गरेको कसुरमा तीन महिना कैद सजायको फैसला

३३ वर्षीया महिलाको अश्लील भिडियो रेकर्ड गरेको  कसुरमा बर्दिया जिल्ला अदालतले बढैयाताल गाउँपालिका–६ का २२ वर्षीय अविनाश थारूलाई तीन महिना कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठको ०८२ मंसिर २३ गतेको इजालसले कसुर ठहर गर्दै ३ महिना कैद सजाय, ३ हजार रुपियाँ जरिबाना, दुई रुपियाँ क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार कमल घलेले जानकारी दिनुभयो ।

जिल्ला सरकारी वकिल कार्यालय बर्दियाले ०८२ कात्तिक १२ गते बर्दिया जिल्ला अदालतमा अश्लिल भिडियो रेकर्ड गरेको अभियोगमा मुद्दा  दर्ता गरेको थियो ।

महिलाको  ०८२ असोज १८ गते अश्लिल भिडियो रेकर्ड गरेको भन्दै पीडितपक्षले असोज १९ गते इलाका प्रहरी कार्यालय मैनापोखरमा उजुरी दिएका थिए । घटनाका आरोपितलाई प्रहरीले असोज २० गते गिरफ्तार गरेको थियो  ।

प्रकाश पौडेल

अन्य

भिडियो