INSEC Online

📅 २०८३ जेष्ठ २१

‘बोक्सी’को आरोपमा कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

सोनमा गाउँपालिका–८ की ३६ वर्षीया नगिना देवी मण्डललाई ‘बोक्सी’ को आरोपमा कुटपिट गरेको भन्द्र सोही ठाउँका २० वर्षीय पारस यादव र ५० वर्षीया उकक्षी यादवविरुद्ध पीडितले ०८२ मङ्सिर १६ गते इलाका प्रहरी कार्यालय गौशालामा उजुरी दिएकी छन् ।

आरोपितले मङ्सिर १५ गते घरमा पालेको भैँसी बिरामी भएपछि ‘तँ टुनामुना जान्दछेस्, तैले मेरो भैँसी मार्न खोजेको’ भन्दै गालीगलौज र कुटपिट गरेको पीडितले आरोप लगाएकी छन् । कुटपिटबाट घाइते भएकी नगिनाको गौशलास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरिएको छ ।
घटना सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाका इन्स्पेक्टर रमेश लामाले बताउनु भयो ।

मधेस प्रदेश कार्यालय

अन्य

भिडियो