इटहरी उपमहानगरपालिका–२ की ३५ वर्षीया मञ्जु पौडेल निरौलाको शव घरबाट हराएको एक सातापछि ०८२ मङसिर ३ गते सर्दु जलाधार अन्तर्गतको खोल्सामा शङ्कास्पद अवस्थामा फेला परेको छ ।
हत्या नै भएको यकिन नभएको तर घटनास्थलको अवस्था शङ्कास्पद देखिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवास हमालले बताउनु भयो ।
इटहरी उपमहानगरपालिका–२ घरबाट ०८२ कात्तिक २४ गते निस्किनु भएकी पौडेल घर नफर्केपछि परिवारजनले सोही दिन इलाका प्रहरी कार्यालय इटहरीमा खोजीका लागि लिखित निवेदन दिएका थिए ।
प्रहरीले घटनास्थलबाट आवश्यक प्रमाण सङ्कलन गरी शव पोस्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, घोपा पठाएको छ ।