INSEC Online

📅 २०८३ जेष्ठ २१

तीनपाटनमा शव भेटिएकी महिलाको हत्या भएको पुष्टि

०८२ कात्तिक १७ गतेदेखि हराइरहेकी तीनपाटन गाउँपालिका–१ बेलघारीकी छत्रकुमारी कार्कीको शव ०८२ कात्तिक २१ गते घाँस काट्न गएका स्थानीयले बेलघारीको चँदाहा नदी स्थित झोलुङ्गे पुल घारीमा क्षतविक्षत अवस्थामा फेला पारेका थिए । प्रहरीको अनुसन्धानले कार्कीको कात्तिक १७ गते दिउँसो करिब एकदेखि दुई बजेको बीचमा हत्या भएको पुष्टि गरेकोे छ ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा एक जनालाई गिरफ्तार गरेको छ । अनुसन्धानमा एकै परिवारका तीन जना, एक महिला र दुई पुरुष संलग्न रहेको खुलेको छ ।

अनुसन्धानमा प्रभाव पर्ने भन्दै गिरफ्तार गरिएका आरोपितको परिचय प्रहरीले हालसम्म सार्वजनिक नगरेको र अन्य दुई जना फरार रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्य प्रकाश सुवेदीले बताउनु भयो ।

प्रहरीका अनुसार मृतकको दाहिने हातका तीन औँला काटिएको, पाठेघर निकालिएको, घाँटीमा सलले कसिएको, सोही सलले मुख छोपिएको र शरीरको एउटा स्तन काटिएको अवस्थामा शव फेला परेको थियो।

शवको पोष्टमार्टम कात्तिक २१ गते सिन्धुली अस्पतालमा गरिएको छ ।

नवराज पथिक

अन्य

भिडियो