INSEC Online

📅 २०८३ जेष्ठ २१

दुधौलीमा बाढी: १० घर डुबानमा

अविरल वर्षापछि आएको बाढीले सिन्धुलीको दुधौली नगरपालिका–१ गिचिहानीका १० घर डुबानमा परेका छन् । विचित्रा खोलामा आएको बाढी गाउँमा पस्दा एक महिला घाइते भएकी छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक (डिएसपी) लालध्वज सुवेदीका अनुसार घाइते ५९ वर्षीया भद्रकुमारी दनुवारलाई उद्धार गरेर उपचारका लागि दुधौली नगर अस्पताल सिर्थौली पठाइएको छ ।

बाढीका कारण स्थानीय भद्रकुमारी दनुवार, ध्यानवती दनुवार, बुद्धलाल दनुवार, आशा अधिकारी दनुवार, सङ्गीता थापा, लक्ष्मी दनुवार, शिवनाथ दनुवार, निशा दनुवार, वृजलाल दनुवार र केदार गिरीको घर डुबानमा परेको प्रहरीले जनाएको छ ।

घर डुबानमा परेपछि प्रभावित परिवारलाई तत्काल सुरक्षित स्थानमा सारेर अस्थायी आवासको व्यवस्था गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो