१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय हेदाङनामा कार्यरत प्रहरी जवान ३८ वर्षीय मिक्मा शेर्पालाई जिल्ला प्रहरी कार्यालयले असोज १० गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले असोज ९ गते यौन दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ । पीडित पक्षले आरोपितविरूद्ध असोज १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण खाँदबारी अस्पतालमा असोज ९ गते गरिएको छ ।