INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय हेदाङनामा कार्यरत प्रहरी जवान ३८ वर्षीय मिक्मा शेर्पालाई जिल्ला प्रहरी कार्यालयले असोज १० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असोज ९ गते यौन दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ । पीडित पक्षले आरोपितविरूद्ध असोज १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण खाँदबारी अस्पतालमा असोज ९ गते गरिएको  छ ।

अन्य

भिडियो