INSEC Online

📅 २०८३ जेष्ठ २१

पाँच वर्षीया बालिकाको हत्या गरेको आरोपमा बावु गिरफ्तार

त्रिवेणी नपा-७ दगडाकी पाँच वर्षीया छोरी रेजिना अयडीको हत्या गरेको आरोपमा प्रहरीले ४५ वर्षीय बुवा धनबहादुर अयडीलाई भदौ २६ गते प्रहरीले गिरफ्तार गरेको छ ।

त्रिबेणी नपा-७ का वडा अध्यक्ष प्रेम थापाले घटना भएको आठ दिनपछि घटनाबारे प्रहरीलाई जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख एवम् जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रकाश सिंह भण्डारी सहितको प्रहरी टोलीले घटनाका आरोपित अयडीलाई गिरफ्तार गरेको हो ।

पाँच वर्षीया बालिका अयडीको हत्या गरी घरदेखि २५ मिटर टाढा ढुङ्गाले च्यापेर लुकाएको अवस्थामा उनको शव भेटिएको घटनास्थलबाट प्रहरी इन्स्पेक्टर प्रकाश सिंह भण्डारीले जानकारी दिए ।

बालिकाको शव पोष्टमार्टमको लागि बाजुरा जिल्ला अस्पतालमा राखीएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बाजुराले जनाएको छ ।

अन्य

भिडियो