१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले साउन ३० गते १५ वर्षीय बालकलाई २० हजार रुपिँया जरिबानाको फैसला गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०७४ फागुन १९ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले फागुन २० गते प्रहरीमा उजुरी गरेको थियो ।
न्यायाधीश रामचन्द्र पौडेलको इजलासले उक्त फैसला सुनाएको जिल्ला अदालतका श्रेस्तेदार मोहन बेल्बासेले बताए ।