INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको कसुरमा २० हजार रुपियाँ जरिबाना

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले साउन ३० गते १५ वर्षीय बालकलाई २० हजार रुपिँया जरिबानाको फैसला गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०७४ फागुन १९ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले फागुन २० गते प्रहरीमा उजुरी गरेको थियो ।

न्यायाधीश रामचन्द्र पौडेलको इजलासले उक्त फैसला सुनाएको जिल्ला अदालतका श्रेस्तेदार मोहन बेल्बासेले बताए ।

अन्य

भिडियो